पोखरा,मंसिर २१/ पूर्वराष्ट्रसेवक तथा नागरिक संघ नेपाल स्याङ्जाको पहिलो साधरण सभा सम्पन्न भएको छ। गएको शनिवार उक्त संस्थाको पहिलो साधरण सभा सम्पन्न भएको केन्द्रीय अध्यक्ष चेत बहादुर रावल “प्रवीन”ले जानकारी दिइएका छन् । कार्यक्रममा प्रमुख अतिथि मदनप्रसाद तिवारी, विशिष्ट अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष गंगा हमाल पुरी, प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामचन्द्र पराजुली,विशेष अतिथि दिवाकर सुवेदी, केन्द्रीय द्वितीय उपाध्यक्ष गंगा बराल, केन्द्रीय महासचिव चन्द्रबहादुर भुजेल, सचिव सुन्दर पौडेल, सहसचिव मुक्तिप्रसाद शर्मा पौडेल, कार्यक्रम सह संयोजक तथा केन्द्रीय सदस्य सिर्जना खवास सम्पूर्ण केन्द्रीय सदस्य एवम आजीवन सदस्य तथा साधारण सदस्यहरू पत्रकार लगाएतको सहभागिता रहेको थियो । अधिवेशनमार्फत संस्थाले संघका भावी योजनाहरू, उद्देश्यहरू, कार्यदिशा तथा संगठन सुदृढीकरणका महत्वपूर्ण विषयहरूलाई विशेष जोड दिँदै स्याङ्जा जिल्लामा संघको क्रियाशीलता अझ प्रभावकारी रूपमा अघि बढाउने उल्लेख गरेको छ । उक्त अधिवेशनबाट स्याङ्जा जिल्ला अध्यक्ष लक्ष्मी थापा निर्वाचित भएकि हुन् ।










