लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने
२०८२ मङ्सिर २३ गते सोमबार ०३:३७

पोखरा मंसिर २२/ पोखराको लेखनाथमा प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। रिठेपानी तेक्वान्दो डोजाङ्ग र लेखनाथ क्लबको संयुक्त आयोजनामा आगामि मंसिर २६ र २७ गते प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक...

पोखरा मंसिर २२/ पोखराको लेखनाथमा प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। रिठेपानी तेक्वान्दो डोजाङ्ग र लेखनाथ क्लबको संयुक्त आयोजनामा आगामि मंसिर २६ र २७ गते प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक अस्मित लामाले जानकारी दिए । लेखनाथको अघाँैचोकमा रहेको घरौलि चौर खेल मैदामा पहिलो प्रतियोगिता गर्न लागको र सोको लागि तयारीमा तिब्रता दिइएको संयोजक लामाले उल्लेख गरे । प्रतियोगितामा भाग लिनको लागि हाल सम्म पुरुष र महिला गरेर १ सय ८० जनाले नाम दर्ता गरेको लामाले जनाए । प्रतियोगितामा बिभिन्न तौल अनुसार खेल खेलाइने र बिजेताले मेडल र ट्रफि प्राप्त गर्नेछन् ।
“शक्ति,अनुशासन र आत्मरक्षाको प्रतीक तेक्वान्दो” भएको बताउदै संयोजक लामाले प्रतियोगिताले नेपालको खेल पर्यटनमा थप टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति २०८२ मङ्सिर २३ गते सोमबार ०३:३७
प्रतिक्रिया दिनुहोस्