भूपू खेलाडी मञ्चको मासिक दौडमा एन्जीला र प्रतिकले जिते उपाधि

भूपू खेलाडी मञ्चको मासिक दौडमा  एन्जीला र प्रतिकले  जिते उपाधि
२०८२ पुस १९ गते शनिवार ०९:०९

पोखरा पुस १९/ पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा मासिक दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिबार भएको विद्यालय स्तरीय १६ बर्ष मुनिको ५ किमि छात्रा, छात्र मासिक दौड प्रतियोगितामा...

पोखरा पुस १९/ पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा मासिक दौड प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार भएको विद्यालय स्तरीय १६ बर्ष मुनिको ५ किमि छात्रा, छात्र मासिक दौड प्रतियोगितामा छात्रातर्फ एन्जिला जिटिले उपाधि हात परिन् भने छात्र तर्फ प्रतिक वाग्ले पहिलो हुन सफल भए । दौडमा छात्रातर्फ शान्ति शर्मा दोस्रो, र सोनिया नेपाली तेस्रो हुन सफल भइन् । त्यस्तै गरि छात्रदौड तर्फ निर्दोश गुरुङ दोस्रो हुदा दिनेश भण्डारीले तेस्रो स्थान प्राप्त गर्न सफल भएको मासिक दौड संयोजक तेजबहादुर गुरूङले जानकारी दिए ।

पोखरा रंगशालाको फुटबल मैदानबाट शुरु भएको दौड पोखराका बिभिन्न भागहरुको परिक्रमा पछि सोही स्थानमा आएर समाप्त भएको थियो । दौडमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु लगाएत अन्य सयौ धाबकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा हाल सम्म दौडमा दश र पाँच पटक सहभागिता जनाउने बिद्यार्थीहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

यस अघि सो दौडको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि कालिका गण पोखरा मालेपाटनका गणपति प्रहरी उपरिक्षक सुर्य तिमिल्सिना गरेका थिए । कार्यक्रम नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको थियो ।

विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष दिल बहादुर गुरूङ, मासिक दौडका संयोजक तेजबहादुर गुरूङ,कालिका गणका गणपति प्रहरी उपरिक्षक सुर्य तिमिल्सिना,गोर्खा स्मारक ट्रसका अध्यक्ष डाक्टर चन्द्र बहादुर गुरुङ लगायतले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

प्रकाशित मिति २०८२ पुस १९ गते शनिवार ०९:०९
प्रतिक्रिया दिनुहोस्