पोखरा, १० फागुन । नेकपा ९एमाले० कास्की क्षेत्र नं। २ का उम्मेदवार रश्मि आचार्यले बाँदरको समस्या राष्ट्रिय समस्या बनेको र यसको व्यवस्थापनका लागि छुट्टै प्रभावकारी कानुन आवश्यक भएको दाबी गरेका छन् ।उनले देशैभरका कृषकका उत्पादन बाँदरले नष्ट गर्नुका साथै कतिपय ठाउँमा स्थानीयहरूलाई समेत आक्रमण गरेका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उम्मेदवार आचार्यले बाँदरको समस्याको दीर्घकालीन व्यवस्थापन जरुरी देखेको भन्दै त्यसका लागि संसदमार्फत ऐन कानुन निर्माण गरि प्रभावकारी कार्यान्वयनका लागि अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे ।आसन्न निर्वाचनका सन्दर्भमा मतदाता भेट्न पोखरा २१ का विभिन्न स्थान पुग्ने क्रममा स्थानीयहरूका गुनासा सुनेपछि उम्मेदवार आचार्यले सो कुरा उल्लेख गरेका हुन् ।
विभिन्न कारणले वनजंगलको विनाश हुँदा खानेकुरा अभाव हुनु, बासस्थानको अभाव जस्ता कारणले बाँदर मानव बस्तितर्फ आकर्शित भएको उनको भनाई छ । सोको व्यवस्थापनका लागि लागि ऐन कानुन मार्फत नीतिगत पहल गर्नुको विकल्प नभएको आचार्यले बताए ।स्थानिय पालिकास्तरमा विभिन्न ठाउँमा जंगलहरूलाई बाँदर आरक्षण क्षेत्र निर्माण गर्ने, जंगली फलफूल सहित खानेकुरा उत्पादन र प्रवद्र्धन गर्न सके बाँदर आफ्नो बासस्थानमै रहन सक्ने उनको तर्क छ ।सुशासनका लागि बाधक विद्यमान ऐन कानुन नीति नियम संसोधन र नयाँ नीति तर्जुमा आवश्यक भएको भन्दै उम्मेदवार आचार्यले आर्थिक विकास र राजनीति स्थिरताका लागि संविधानमा समयानुकूल उपयुक्त संसोधन समेत आवश्यक भएको उल्लेख गरे ।कास्की दुईको विशिष्टता अनुसार ‘सबको साथ सबको विकास’,’सँगसँगै विकास र जीवनसँग जोडिएको विकास’ अवधारणा आवश्यक भएको एमालेका प्रभावशाली वैचारिक युवा नेता आचार्यले उल्लेख गरे ।










