पोखरा, चैत २२/ पोखरामा शान्ति र विकासका लागि अन्तराष्ट्रिय खेलकुद दिवस मनाइने भएको छ । नेशनल ओल्मिपक ऐकेडेमी नेपालको आयोजना तथा नेपाल भुर्तपूर्व खेलाडि मञ्चको सह–आयोजनामा चैत २३ गते सोमबार (भोलि) कार्यक्रम हुन लागेको नेशनल ओल्मिपक ऐकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । कार्यक्रम पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा बिहान ७ः४५ बजे शुरु हुने छ ।
कार्यक्रममा “ओलम्पिक अभियान ” (Mindfulmess in sports ) र “खेलकुदमा मानसिक सन्तुलन विषयमा विशेष प्रस्तुति तथा अन्तरक्रिया गरिने जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल ओल्मिपक कमिटि जिवनराम श्रेष्ठ सहभागि हुने आयोजकले जनाएको छ । मानसिक स्वास्थ सगँ सम्बिधित यो कार्यक्रम बर्तमान परिवेशमा खेल क्षेत्रमा लाग्ने खेलकर्मीहरु,खेलाडि ,प्रशिक्षक लगाएत समाजका शिक्षा क्षेत्रमा अगुवाहरु वा नेतृत्वमा रहने ब्यक्तिहरु समुदायका अग्रज ब्यक्तिहरुको पनि उपयोगि हुने एकेडेमीका अध्क्षय गुरुङले बताए।
बर्तमान परिवेशमा युवा तथा समाजमा देखा पर्दै गएका मानसिक स्वास्थयको जुन चुनौति अवस्था रहेको हुदा यि क्षेत्रहरुको लागि पनि अहिलेको खास गरेर खेलाडिहरुलाई सचेतनाका ज्ञान राख्नुपर्ने भएकोले पनि कार्यक्रम महत्वपूर्ण हुने हुदा सहभागि हुन् आयोजकले सबैमा अनुरोध गरेको छ ।











