पोखरा,बैशाख २३/ छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोट्स फेष्ट बुधवारबाट शुरु भएको छ । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको बिद्यालयले एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सिर्जनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोट्स फेष्ट आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन बुुधवार छात्र भलिवल,छात्र छात्रा बाष्केटबलका खेलहरु भएको बिद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए। खेल अन्तरगर्त छात्र भलिवल तर्फ टिम कोब्रा,श्री राजस्थल,म्याग्दी घारा,निष्पक्ष मावि,टिम शिवालयले पहिलो जित हासिल गरेका हुन्। त्यस्तै छात्र बाष्केटबल तर्फ टिम काफल डाडा,रघुगंगा बि,रघु गंगा एले पहिला जित हासिल गर्दा छात्रा तर्फ नेश्नल इन्भेन्टिभले पहिलो जित हासिल गरेको इसिए डाइरेक्टर तेज बहादुर गुरुङले बताए ।
बैशाख २५ गते सम्म सञ्चालन हुने फेष्टमा छात्र,छात्रा बस्केटबल,भलिवल र टेवल टेनिसका खेल सञ्चालन हुनेछन् । बास्केटबल छात्रतर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने छात्रा तर्फको बिजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै छात्र भलिवल तर्फ प्रथम पुरस्कार २० हजार र द्वितीय १० हजार रुपैयाँ रहेको छ भने छात्रातर्फ क्रमशः १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार राखिएको छ । त्यस्तै टेवल टेनिस तर्फ छात्र तथा छात्रा एकल विधामा प्रतिस्पर्धा हुनेछ, जहाँ विजेताले ५ हजार र उपविजेताले ३ हजार पुरस्कार प्राप्त गर्ने इसिए डाइरेक्टर गुरुङले बताए । विद्यालयका अनुसार, प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरू २०८२ सालको एसइई परीक्षा दिएर बसेका हुनु पर्नेछ । प्रतियोगिताको मूल उद्देश्य विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासन, सहकार्य, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको प्रशासक चित्र गुरुङले बताए । गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिंङ बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ । बिद्यालयले यसै बर्ष देखि कम्प्युटर साइन्सको बिषयमा पनि पढाई शुरु गर्न लागेको छ ।










