पोखरा,असार ४/ पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउने अभियान अन्रर्गत कास्की जिल्ला खेलकुद विकास समितिमा ओलम्पिक दिवस मनाइएको छ। बिहिवार कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारी,जिल्ला संघका पदाधिकारी प्रशिक्षकहरुको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण नेशनल ओलम्पिक एकेडेमी, नेपालका अध्यक्ष तेज बहादुर गुरुङले गरेका हुन् । कार्यक्रममा बिशेष अतिथिका रूपमा सहभागी भएका कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले खेलकुद सगँ सम्बन्धीत यस्ता कार्यक्रम खेलकुदको विकासको लागि उपयोगि हुने उल्लेख गरे।
कार्यक्रममा एकेडेमीका अध्यक्ष गुरुङले माइन्डफुलनेस मेडिटेशन तथा ओलम्पिक अभियानका विषयमा प्रस्तुतिकरण राख्दै खेलकुद केवल मनोरञ्जन, जित र हारसँग मात्र सम्बन्धित नभई समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएको बताए ।कास्की जिल्ला खेलकुद बिकास समितिका कार्यलय प्रमुख डिबि नेपालीले यस्ता कार्यक्रमहरु स्वंयम खेलाडि र अभिभावकलाई समेत प्रदान गर्नु पर्ने धारण राखेका थिए ।

गुरुङले कार्यक्रममा प्राचिन ओलम्पिकको इतिहास, उत्पत्ति, विकासक्रम तथा अन्तर्राष्ट्रिय एकताको प्रतीकका रूपमा यसको महत्वबारे प्रस्तुतीकरण राखेका थिए । कार्यक्रममा सहभागीहरूलाई माइन्डफुलनेस मेडिटेशन ९ध्यान योग० को अभ्यास समेत गराइएको थियो।कार्यक्रममा बोल्दै । गुरुङले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा विश्वभरका २०६ राष्ट्रिय ओलम्पिक समितिहरूले विभिन्न खेल,संकृति,शैक्षिक,बाताबरण लगाएत सचेतना मुलक गतिविधिमार्फत दिवस मनाइरहेको जानकारी दिए ।
सोही क्रममा नेपालमा पनि नेपाल ओलम्पिक कमिटिको सहयोगमा नेशनल ओलम्पिक एकेडेमीको आयोजनामा पोखरामा पनि असार २ गतेदेखि ९ गतेसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेको उनले बताए ।अन्तर्राष्ट्रिय ओलम्पिक दिवस ९२३ जुन २०२६०को अवसर पारेर सप्ताहब्यापी कार्यक्रम अन्तरर्गत यस अघि पनि एकेडेमीले प्रदेश खेलकुद परिषद् गण्डकीमा पनिसोहि कार्यक्रम आयोजना गरेको थियो ।
यसै अवसरमा आगामी शनिबार पोखरा महानगरपालिका वडा नम्बर १ सँगको सहकार्य तथा नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा ५ किलोमिटर सडक दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ । नेशनल ओलम्पिक एकेडेमी, नेपालका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय ओलम्पिक एकेडेमीका कार्यकारी सदस्य हरि प्रसाद पराजुलीले गरेका हुन् ।










