रोटरीको अभियान एक लाख बिरुवा रोप्ने लक्ष्यसहित तुलसीघाटमा वृक्षरोपण

रोटरीको अभियान एक लाख बिरुवा रोप्ने लक्ष्यसहित तुलसीघाटमा वृक्षरोपण
२०८३ साउन १७ गते आईतबार ०५:२९

पोखरा, साउन १७/ वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका–१ स्थित तुलसीघाटमा आइतबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, इनरह्विल क्लब अफ अन्नपूर्ण,इनरह्विल क्लब...

पोखरा, साउन १७/ वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका–१ स्थित तुलसीघाटमा आइतबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, इनरह्विल क्लब अफ अन्नपूर्ण,इनरह्विल क्लब अफ अन्नपूर्ण जुभेनाइल जिलको आयोजनामा वृक्षरोपण गरिएको हो ।

प्रत्येक बर्ष गरिने कार्यक्रम अन्गरगर्त उक्त कार्यक्रम गरिएको र १ लाख बिरुवा रोप्ने उद्धेश्य रहेको रोटरी क्लब अफ पोखरा अन्नपूर्णका पुर्व अध्यक्ष सइन्द्रराज श्रेष्ठले जानकारी दिए । गएको बर्षबाट शुरु भएको यो अभियानमा रोपिएका सबै बिरुवा फलफुलका रहेको श्रेष्ठले उल्लेख गरे ।

कार्यक्रममा रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष रोटरियन सरोज नारायण बराल, इनरह्विल क्लब अफ अन्नपूर्णकि अध्यक्ष अनिता अधिकारी, इनरह्विल क्लब अफ अन्नपूर्ण जुभेनाइल जिलका अध्यक्ष शिरीष बज्राचार्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्दै हरियाली विस्तारका लागि यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति २०८३ साउन १७ गते आईतबार ०५:२९
प्रतिक्रिया दिनुहोस्