पोखरामा प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तिव्र

पोखरामा प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तिव्र
२०८३ कार्तिक २८ गते शुक्रबार ०७:४५

पोखरा,कार्तिक २७/ पोखरामा आयोजना हुन लागेको प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा आगामी मंसिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता...

पोखरा,कार्तिक २७/ पोखरामा आयोजना हुन लागेको प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा आगामी मंसिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुन लागेकोे कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए । प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने क्लवका सचिव अशोक थापाले बताए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लव,सशस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब एनपीसी, गण्डकी प्रदेश भलिवल संघ,कोशि प्रदेश भलिवल संघ,रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तृतीय हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।राष्ट्रियस्तरका उत्कृष्ट टोली र विदेशी खेलाडीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा आयोजकको छ। प्रतियोगितामार्फत पोखराको खेलकुद गतिविधि प्रवद्र्धन गर्नुका साथै राष्ट्रिय भलिबलको विकासमा योगदान पु¥याउने लक्ष्य राखिएको छ। प्रतियोगिताका लागि क्लबका अध्यक्ष अशोक गुरुङ, सचिव अशोक थापा, कार्यक्रम संयोजक थमन गुरुङ र खेल संयोजक बुद्ध सिंहले तयारी तथा व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित मिति २०८३ कार्तिक २८ गते शुक्रबार ०७:४५
प्रतिक्रिया दिनुहोस्