माउन्ट अन्नपूर्ण माविमा बार्षिक खेलकुद शुरु

माउन्ट अन्नपूर्ण माविमा बार्षिक खेलकुद शुरु
२०८३ मङ्सिर ८ गते सोमबार ०६:३७

पोखरा,७ मंसिर/ पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा ३ दिने बार्षिक खेकुदका कार्यक्रमहरु शुरु भएका छन् । सोमवारबाट शुरु भएका खेलकुदका कार्यक्रम बुधवार सम्म सञ्चालन हुने बिद्यालयका प्राचार्य...

पोखरा,७ मंसिर/ पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा ३ दिने बार्षिक खेकुदका कार्यक्रमहरु शुरु भएका छन् । सोमवारबाट शुरु भएका खेलकुदका कार्यक्रम बुधवार सम्म सञ्चालन हुने बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।

खेलकुदका कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहनेछ । बिद्यालयमा स्थापना भएको गेम्स एण्ड स्र्पोट्स कल्वको आयोजनामा हुने खेलहरुमा बास्केटबल,भलिबल,टेबल टेनिस, ब्याडमिन्टन,छेलो र फुटसलका खेलहरु समावेश हुने खेल शिक्षक ऐन्जल पुनले बताए । उक्त खेलहरु बिद्यालयमा,इलाइट भलिवल एकेडेमी नदिपुर र शाक्य समाज भवन नदिपुरमा हुनेछन् ।
विद्यालयका प्राचार्य सन्द्रराज श्रेष्ठ, प्रशासनिक प्रमुखहरू चित्र गुरुङ र झम गुरुङ, अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङ, प्लस टु संयोजक गोबिन्द सुवेदी, गेम्स एण्ड स्र्पोट्स कल्वका अध्यक्ष पङकज श्रीस र बिभागिय प्रमुख रेफ्री लेखनाथ लम्साललाई संयुक्त रुपमा बल हस्तान्तरण उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले खेलकुदमा सहभागिता नै महत्वपूर्ण हुने उल्लेख गर्दै हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।
उनले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सबल बनाउनुका साथै नेतृत्व क्षमता, समूहमा मिलेर काम गर्ने बानी र अनुशासनको विकास गराउने बताए ।
प्रतियोगिताको पहिलो दिन भलिबल र छेलोका खेलहरु सम्पन्न भएका छन् । कक्षा १२ मा अध्ययनरत गेम्स एण्ड स्र्पोट्स कल्व अध्यक्ष पङकज श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कक्षा १२ कि छात्रा प्रिति पाइजा र सञ्चालन कक्षा १२ कै छात्रा सोनि गिरीले गरेकि हुन् । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ। यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।

प्रकाशित मिति २०८३ मङ्सिर ८ गते सोमबार ०६:३७
प्रतिक्रिया दिनुहोस्