बलिउडका ट्र्याजिडी किङ दिलिप कुमारको निधन बुधबार बिहान मुम्बइको हिन्दुजा अस्पतालमा भएको हो । दिग्गज अभिनेतालाई जब अस्पतालबाट घर ल्याइयो तब बलिउड क्षेत्रका विभिन्न हस्ती उनको अन्तिम संस्कारमा समावेश भए । यसैबीच शाहरुख खानको लवाइले धेरैको ध्यान खिच्यो । शाहरुख खान घरभित्र हुँदा पनि सायरासँग गगल्स लगाएर बसेका थिए । तस्बिर सार्वजनिक भएलगत्तै मानिसहरुले शाहरुखलाई नराम्रोसँग ट्रोल गर्न सुरु गरे ।
यस्तै अन्य प्रयोगकर्ताले लेखे, ‘मास्क लगाउनु पर्दथ्यो, त्यो लगाएका छैनन्, शेड्स लगाउँदै त्यो पनि घर भित्र ? यो कुन साइन्समा आधारित छ ?’ अर्काले ट्रोल गर्दै लेखे, ‘सान्त्वना दिन आएको कि पार्टीमा ? सनग्लासेससम्म पनि हटाएका छैनन् ।’
कति समर्थनमा पनि आएः
एकातिर शाहरुख खानलाई नराम्रोसँग ट्रोल गरिँदैछ भने अर्कोतर्फ केही प्रशंसक यस्ता पनि छन् जसले अभिनेताको पक्षमा उभिएका छन् ।

एक प्रयोगकर्ताले शाहरुख खानको समर्थनमा लेखे, ‘अन्तिम संस्कारमा को कस्तो देखिएको छ, महत्व राख्दैन । उनी कुनै सुटिङबाट सिधै आएका हुन्सक्छन् वा आफ्नो घरभन्दा टाढा बसिरहेको पनि हुनसक्छन् । मानिसहरुको कमेन्टले उनीहरुको सानो सोचको परिचय दिन्छन् । महत्वपूर्ण यो हुन्छ कि शाहरुख र अन्य बाँकी मानिसहरुले मृत व्यक्ति र उनको परिवारलाई कत्तिको इज्जत दिन्छन् भन्ने हो ।’










