पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
२०७८ असार २९ गते मङ्गलबार १२:३५

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला...

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय  बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बालिकाका छिमेकीसमेत रहेका जोशीलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक खड्काअनुसार जोशीले असार १८ गते घरमा कोही नभएका बेला बालिकालाई ललाइफकाइ आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । जोशीलाई हिरासतमा राखेर अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ असार २९ गते मङ्गलबार १२:३५
प्रतिक्रिया दिनुहोस्