‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म

‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म
२०७८ साउन ६ गते बुधबार ०५:४९

पाँचवर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म बनेको छ । साउन ६ गते बेलुकासम्म फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ । कुनै नेपाली फिल्मले भिडिओ साझेदारी साइट युट्युवमा पाएको सबैभन्दा...

पाँचवर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म बनेको छ । साउन ६ गते बेलुकासम्म फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।

कुनै नेपाली फिल्मले भिडिओ साझेदारी साइट युट्युवमा पाएको सबैभन्दा बढी भ्यूज हो । सन् २०१६ को जुन १७ तारिखमा युट्युवमा रिलिज गरिएको फिल्मलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गर्नुभएको थियो ।

प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन जोडी निकै हिट भएको थियो । मुस्ताङको यात्रामा निस्किएका दुईजना अपरिचित पात्र प्रेम र गीतको प्रेम सम्बन्धको कथा यसले पेश गर्छ । घरेलु बक्सअफिसमा समेत यो फिल्म हिट भएको थियो । युट्युवमा कीर्तिमान राखेपछि निर्माता सेनले दर्शकलाई धन्यवाद दिनुभएको छ । अहिले प्रेमगीतको तेस्रो सिक्वेल प्रर्दशनको प्रखाईमा रहेको छ ।

पाँच वर्षअघि रिलिज भएको फिल्म -‘प्रेमगीत’ हेर्नुहोस –

प्रकाशित मिति २०७८ साउन ६ गते बुधबार ०५:४९
प्रतिक्रिया दिनुहोस्