टीम प्रमोदका किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

टीम प्रमोदका किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता
२०७८ साउन २४ गते आईतबार ०६:१६

‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्नुभएको छ। उहाँले नगद २५ लाख रुपैयाँ प्राप्त गर्नुभएको थियो । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गर्नुभएको हो । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन...

‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्नुभएको छ। उहाँले नगद २५ लाख रुपैयाँ प्राप्त गर्नुभएको थियो । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गर्नुभएको हो ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाईसको ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिनुभयो । किरणले भन्नुभयो–‘म यो मायाको लागि सधै नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जित्नुभएको थियो । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो ।

प्रकाशित मिति २०७८ साउन २४ गते आईतबार ०६:१६
प्रतिक्रिया दिनुहोस्