एमसिसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

एमसिसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष
२०७८ भदौ २६ गते शनिवार ०६:०५

काठमाडौं : नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ। तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसिसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम...

आफ्ना सांसदलाई शिष्ट भएर विरोध गर्न एमालेको निर्देशन

काठमाडौं : नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ।

तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसिसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसिसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले नरहेको बताए। ‘एमसिसीलाई रिजेक्ट गर्ने एमसिसी हुँदै हुँदैन भन्ने हाम्रो डिस्कोर्स होइन। एमसिसीमा भएका कतिपय व्याख्याहरुलाई पुनर्व्याख्या गर्नुपर्नेछ छ।

अझै बढी राष्ट्रिय हित अनुकूल बनाउनुपर्ने छ। यी सबै कुरामा आवश्यक संशोधन गरेर एमसिसी अगाडि बढाउने भन्ने त्यो बेला (तत्कालीन नेकपाको तीन सदस्यीय कार्यदल) को निर्णय हो। अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ,’ उनले भने।

एमसिसीको बारेमा संसदीय दलमा व्यापक छलफल भएको बताउँदै भट्टराईले एमसिसी अघि बढाउने नबढाउने सरकारको हातमा रहेको बताए।

‘सत्तारुढ गठबन्धनले पहिलो त एमसिसीलाई संसदमा टेबुल गर्नु हुन्छ कि गर्नुहुन्न त्यो हेर्दैछौँ। कस्तो अवस्थामा गर्नुहुन्छ ? जस्ताको तस्तै हो कि संशोधन गर्नुहुन्छ कि ? के गर्नुहुन्छ त्यो कुरा त क्लियर छैन अहिले। त्यसो हुँदा अहिले नै हामीले बोल्नु हतार हुन्छ,’ उनले भने, ‘तर हाम्रो कुरा के छ भने तत्कालीन नेकपा कार्यदलको ‘केही संशोधनसहित एमसिसीलाई अगाडि बढाउने’ सुझावमा कायम छौं। तर त्यो निर्णयमा पुग्नुअघि सरकारको सत्ताधारी दलको पोजिसन के हुन्छ त्यो हामी हेर्दैछौँ।’

‘१० बुँदे कार्यान्वयनमा गयो’

एमाले सचिव भट्टराईले स्थायी कमिटी र केन्द्रीय कमिटीले कार्यान्वयन गरिसकेको १० बुँदे सहमतिका आधारमा भूगोलका कतिपय जिल्लाहरू पनि पुनर्गठित भइसकेको जानकारी दिए।

‘अधिकांश जिल्लाहरूमा पुरानै कमिटी बैठक भइसकेको छ। कार्यान्वयन हुने क्रममा छ। सुदूरपश्चिम प्रदेश २ र १ मा केही समस्या छ। जनसंगठनमा पनि कार्यान्वयन हुँदै गएको छ। केही व्यवहारिक कठिनाई छन्। त्यसलाई नेकपा पार्टीको बृहत्तर हितमा समाधान गर्दै १० बुँदेको स्पिरिटमा एमालेलाई थप सुदृढ र एकताबद्ध बनाउँछौं,’ उनले भने।

आफ्ना सांसदलाई शिष्ट भएर विरोध गर्न एमालेको निर्देशन

नेकपा (एमाले)ले आफ्ना सांसदलाई शिष्ट  भएर संसदमा विरोध प्रदर्शन गर्न ध्यानाकर्षण गराएको छ।

शनिबार बसेको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसदीय मूल्य मान्यताभित्र रही मर्यादित र शिष्ट  संस्कृतिभित्र बसेर विरोध जनाउन ध्यानकर्षण गरेको बताए।

पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सत्तापक्षको प्रतिनिधि जस्तो बनेर भूमिका निर्वाह गरेको आरोपमा संसदमा विरोध जारी राखेको छ। ‘हाम्रो यो विरोध संसदीय मूल्य मान्यता अन्तर्गत छ, शिष्ट  छ, मर्यादित छ भट्टराईले भने, ‘साथै आजको बैठकले सम्पूर्ण माननीय सदस्यहरुलाई संसदीय मूल्यमान्यता र नेकपा एमालेले अवलम्बन गर्दै आएको मर्यादित र शिष्ट संस्कृतिभित्र बसेर विरोधलाई अघि बढाउनका निम्ति ध्यानाकर्षण गरेको छ।’

संसदमा आफ्ना सांसदले खेल्ने भूमिकाबारे थप स्पष्ट पार्नका लागि आइतबार दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाइएको पनि उनले जानकारी दिए।  ‘संसदमा हाम्रो विरोधको सीमा के हो? हाम्रा माननीय साथीहरुलाई जानकारी गराउँछौँ’, उनले भने।

सत्तापक्षको बलमिच्याइँ

एमाले स्थायी कमिटी बैठकले सत्तापक्षले हठात र छापामार शैलीमा प्रतिस्थापन विधेयकमार्फत बजेट संशोधन गरिएको भन्दै आपत्ति जनाएको छ।

‘सरकारको तर्फबाट नयाँ बजेट ल्याउने काम भएको छ, यो विल्कुलै असंसदीय काम भएको छ, सत्तापक्षको बलमिच्याइँ भयो भन्ने हाम्रो निष्कर्ष छ’, भट्टराईले भने, ‘पूर्वसूचना दिनुपर्छ, प्रतिपक्षीसँग सहकार्य गर्नुपर्छ। केही पनि नगरी हठात र छापामार शैलीमा बजेट ल्याइयो।’

उनले विगतको सरकारले ल्याएका लोकप्रिय कार्यक्रम कटौती गरिएको आपत्ति जनाउँदै यस विषयमा छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने बताए।

प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०६:०५
प्रतिक्रिया दिनुहोस्