विद्यालयको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु

विद्यालयको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु
२०७८ असोज ५ गते मङ्गलबार ०३:२२

पुरानो भएको विद्यालयको भवन भत्काउँदै गरेको बेला पोखरामा एक मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार भारत घर भई पोखरामा रहेर मजदुरी गर्दै आएको २० वर्षीय रितेश...

पुरानो भएको विद्यालयको भवन भत्काउँदै गरेको बेला पोखरामा एक मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार भारत घर भई पोखरामा रहेर मजदुरी गर्दै आएको २० वर्षीय रितेश रामको मृत्यु भएको हो।

सोमबार दिउँसो रितेशले पोखरा महानगरपालिका–१३ बाँझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पुरानो भएको पर्खाल भत्काइरहेका थिए। पर्खाल निकै पुरानो भएका कारण एक ठाउँबाट भत्काउँदा धेरै भाग भत्किएको हो।

भत्किएको पर्खालमा परी घाइते भएका रितेशलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पतालमा लगिएको भए पनि त्यसको केही समयमा उनको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०३:२२
प्रतिक्रिया दिनुहोस्