रोल्पा आईटिएफ तेक्वान्दोको प्रशिक्षकमा बागलुङका बुढामगर नियुक्त

रोल्पा आईटिएफ तेक्वान्दोको प्रशिक्षकमा बागलुङका बुढामगर नियुक्त

रोशन थापा मगर

@समय नेपाल

२०७८ असोज १६ गते शनिवार ०९:२०

बागलुङ - रोल्पा आईटिएफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्त गरेको छ । रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आईटिएफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक...

बागलुङ – रोल्पा आईटिएफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्त गरेको छ । रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आईटिएफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक नियुक्त गरेको हो ।

प्रशिक्षकलाई मासिक तलब भत्ता दिने गरी जिल्लाको तेक्वान्दो खेलको विकासका लागि बागलुङ जिल्ला निवासी श्रीप्रसाद बुढामगरलाई प्रशिक्षकको रुपमा नियुक्त गरिएको रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठा मगरले जानकारी दिनुभयो ।

संघले बल्याक बेल्ट दोस्रो डान तेक्वान्दोका प्रशिक्षक बुढामगरलाई करारमा प्रशिक्षक नियुक्त गरेको हो । प्रशिक्षक बुढा मगरले यसअधि गुल्मी जिल्लामा १ वर्ष र बागलुङ जिल्लामा ३ वर्ष गरि ४ वर्ष प्रशिक्षकको जिम्मेवारी पूरा गरिसक्नु भएको थियो । प्रशिक्षक बुढाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएर पदकसमेत हात पार्नुभएको छ ।

२०६८ सालमा रोल्पामा स्थापना भएको आईटिएफ तेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको छ । यसको अझै विकास र विस्तारका लागि केही डोजाङ्गहरुमा प्रशिक्षक बुढाले प्रशिक्षण सुरु गर्ने संघका सचिव कृष्णप्रसाद बाठा मगरले बताउनुभयो ।

प्रकाशित मिति २०७८ असोज १६ गते शनिवार ०९:२०
प्रतिक्रिया दिनुहोस्