पर्वतमा बाउसो र लठ्ठीले हानेर आफ्नै ६४ वर्षीय बाबुको हत्या

पर्वतमा बाउसो र लठ्ठीले हानेर आफ्नै ६४ वर्षीय बाबुको हत्या
२०७८ असोज १८ गते सोमबार ०७:४९

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षीय उहाँकै छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराति १० बजेको समयमा बाउँसो र लठ्ठीले...

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षीय उहाँकै छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबुछोरा मात्रै थिए भने मृतककी श्रीमती माइतीघर गएकी थिइन्। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिए पनि काठको, ढुंगा,लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको डिएसपी बुढाथोकीले बताउनुभयो । मृतकको मोबाइल समेत टुक्राटुक्रा परेको छ भने भान्सामा समेत ढुंगाहरु देखिएका छन्।

आज विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ असोज १८ गते सोमबार ०७:४९
प्रतिक्रिया दिनुहोस्