पिङको लठ्ठा बाँध्ने क्रममा लडेर ज्यान गयो

पिङको लठ्ठा बाँध्ने क्रममा लडेर ज्यान गयो
२०७८ असोज २६ गते मङ्गलबार ०८:११

पिङको लठ्ठा बाँध्ने क्रममा लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६ माण्डुका ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।पिङको लठ्ठा बाँध्ने क्रममा सोमबार बेलुका ६ बजे लडेका लामालाई उपचार...

पिङको लठ्ठा बाँध्ने क्रममा लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका–६ माण्डुका ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।पिङको लठ्ठा बाँध्ने क्रममा सोमबार बेलुका ६ बजे लडेका लामालाई उपचार गर्न हेटौंडा अस्पताल पुर्याइएको थियो । उनको गएराति १० बजेतिर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ असोज २६ गते मङ्गलबार ०८:११
प्रतिक्रिया दिनुहोस्