एमाले पालिका अधिवेशनमा जुट्यो (सूचीसहित)

एमाले पालिका अधिवेशनमा जुट्यो (सूचीसहित)
२०७८ कार्तिक १ गते सोमबार ०६:२६

आउँदो मङ्सिर १० देखि १२ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा एमालेले यही कात्तिकको पहिलो हप्ता देशभरिका वडा र पालिकाको अधिवेशन सम्पन्न गर्दैछ । एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट...

आउँदो मङ्सिर १० देखि १२ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा एमालेले यही कात्तिकको पहिलो हप्ता देशभरिका वडा र पालिकाको अधिवेशन सम्पन्न गर्दैछ ।

एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित पालिकामा हुने अधिवेशनमा कायम हुने पदाधिकारी सङ्ख्या निर्धारण गरेको छ । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पारित विधान प्रकाशन भइ चाँडै तल्ला कमिटीमा पठाइने र त्यहीअनुसार अधिवेशन हुने बताउनुभयो ।

एमालेको यही कात्तिक ६ गते देशैभरिका ६ हजार सात सय ४५ वडा र कात्तिक ९ गते सात सय ५३ पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँरनगरपालिका– ७५, उपमहानगरपालिका– ८५, महानगरपालिका– १०१ सदस्य चुनिनेछन् ।

एमालेले राष्ट्रिय महाधिवेशनअघि असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । यो पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

एमालेले आन्तरिक एकताका लागि भएको सहमति बमोजिम १० बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि उपाध्यक्ष डा। भीम रावलको नेतृत्वको कार्यदल गठन गरेको छ ।

प्रकाशित मिति २०७८ कार्तिक १ गते सोमबार ०६:२६
प्रतिक्रिया दिनुहोस्