स्रोत नखुलेको ८० लाख रुपैयाँसहित गलकाेटका युवक पक्राउ

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित गलकाेटका युवक पक्राउ
२०७८ कार्तिक ४ गते बिहिबार ०७:५८

प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुन रहेका छन् । बुधबार साँझ ८ बजे मध्यपुरथिमी...

प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुन रहेका छन् ।

बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो ।

त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ कार्तिक ४ गते बिहिबार ०७:५८
प्रतिक्रिया दिनुहोस्