बागलुङको गलकोटमा सञ्चालित प्रथम घुम्टे कप फुटवलको उपाधी बुर्तिबाङलाई

बागलुङको गलकोटमा सञ्चालित प्रथम घुम्टे कप फुटवलको उपाधी बुर्तिबाङलाई
२०७८ कार्तिक ४ गते बिहिबार ०८:१४

बागलुङ जिल्लाको गलकोटमा सञ्चालित प्रथम घुम्टेकप फुटवलको उपाधी बुर्तिबाङ बोईजले हात पारेको छ । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गदैं गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी हेमन्तले खेलकुदको माध्ययमबाट नया प्रतिभाहरुको...

पेनाल्टि सुटआउटमा ४ का विरुद्ध ५ गोल सगैँ जित

बागलुङ जिल्लाको गलकोटमा सञ्चालित प्रथम घुम्टेकप फुटवलको उपाधी बुर्तिबाङ बोईजले हात पारेको छ ।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गदैं गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी हेमन्तले खेलकुदको माध्ययमबाट नया प्रतिभाहरुको उजागर भएको बताउनुभयो । उहाँले फुटवल खेल लगायतका विभिन्न प्रतियोगितात्मक खेलकुदका कार्यक्रम सञ्चालन गर्न गलकोट नगर क्षेत्रमा खेल मैदानको अभाव देखिएको वताउदैँ खेल मैदान व्यवस्थापन गर्न स्थानिय सरकारसंग पहल गर्ने वताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि माओबादी केन्द्रका जिल्ला सदस्य चन्द्रदत्त रेग्मी, राष्ट्रिय जनमोर्चा गलकोट नगरका अध्यक्ष टंक केसी, जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष याम श्रीस, बागलुङका अध्यक्ष याम श्रीस, गलकोट उद्योग बाणिज्य संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, गलकोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मन्जु शर्मा चालिसे, युवा व्यवसायि पदम श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

असोज ३१ गते देखी सुरु भएको प्रथम घुम्टेकप फुटबलको आज सम्पन्न फाईनलमा निर्धारीत ३० मिनेटमा वुर्तिवाङ वोईज र लोड्स क्लव ले कुनैपनि गोल गर्न नसक्दा पेनाल्टि मार्फत् विजेता घोषणा गरिएको थियो । थपिएको १५ मिनेटमा सम्पन्न पेनाल्टि सुटआउटमा ४ का विरुद्ध ५ गोल गर्दै वुर्तिवाङ वोईजले उपाधि उचालेको हो ।

प्रथम घुम्टे कपको विजेता वनेको वुर्तिवाङ बोईजले नगद ४० हजार, रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता वनेको आयोजकले २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको रविन वोहोराले जानकारी दिनुभयो ।प्रतियोगितामा वेष्ट किपर, हाई स्कोरर, वेष्ट प्लेयरलाई ट्रफि तथा मेडल प्रदान गरिएको थियो ।

त्यस्तै ७ समुहको सहभागिता रहेको सामुहीक लोक नृत्य प्रतियोगितामा गलकोट माद्यमिक विद्यालय हटिया प्रथम, द कल्चरल डान्स स्कुल मल्म दित्तीय र संस्कृति संरक्षण मञ्च काडेँवास तृतिय भएको छ । कार्यक्रम लर्ड स्पोर्टस् क्लबका अध्यक्ष ईश्वर भण्डारीको अध्यक्षता, सह सचिव अंकित साहनिको स्वागत तथा सल्लाहकार गुन्ज बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०७८ कार्तिक ४ गते बिहिबार ०८:१४
प्रतिक्रिया दिनुहोस्