बागलुङ कालीका भगवती गुठीमा नयाँ नेतृत्व चयन

बागलुङ कालीका भगवती गुठीमा नयाँ नेतृत्व चयन
२०७८ कार्तिक ५ गते शुक्रबार ०१:१२

बागलुङ- बागलुङ कालीका भगवती गुठीमा नयाँ नेतृत्व चयन भएको छ । गुठीका अध्यक्ष राजु खड्काले नवनियुक्त अध्यक्ष कुमार खड्कालाई पदभारसहित कालीका गुठीको गुरुयोजनासमेत जानकारी गराए । गुरुयोजना अनुसार कालीका भगवती गुठीमा विकास निर्माण,...

बागलुङ- बागलुङ कालीका भगवती गुठीमा नयाँ नेतृत्व चयन भएको छ । गुठीका अध्यक्ष राजु खड्काले नवनियुक्त अध्यक्ष कुमार खड्कालाई पदभारसहित कालीका गुठीको गुरुयोजनासमेत जानकारी गराए ।

गुरुयोजना अनुसार कालीका भगवती गुठीमा विकास निर्माण, सरसफाइ र पूजा तथा बलि व्यवस्थापन भैसकेको छ । गुठीले आगामी दिनमा गर्ने कार्ययोजनासहित पत्रकार सम्मेलनमार्फत् अहिलेसम्म गरेका क्रियाकलाप समेत जानकारी गराएको थियो । गुठीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गबाट कालीका मन्दिरमा धेरै पर्यटक भित्राउने र ती पर्यटकलाई बागलुङ बजारमा ल्याउने लक्ष्य राखेको खड्काले जानकारी दिए ।

कालीका मन्दिरलाई जिल्लाको मात्र नभई देशकै पर्यटकीय गन्तव्य बनाउन कालीका भ्रमण वर्ष तथा पर्यटन गुरुयोजनामा समावेश गरिएको हो । भ्रमण वर्षको रुपमा सयौं भक्तजन र पर्यटक भित्राउने लक्ष छ । यो अभियानमा आएका सबैजसो पर्यटकलाई बागलुङका भकुण्डे, पञ्चकोट, ढोरपाटन, गलकोट लगायतका स्थानमा पुग्ने अवस्था सिर्जना गर्न गुठीको योजना बनेको हो । यो अभियानलाई जिल्लाका राजनीतिक दल, उद्योग बाणिज्य संघ र सरोकारवालाले पनि राम्रो कामको रुपमा लिएका छन् ।

नवनियुक्त अध्यक्ष कुमार खड्काले पुराना कामलाई निरन्तरता दिंंदै नयाँ कामको थालनी गर्ने बताए । पर्यटन प्रवद्र्धनका लागि गुठीले आफ्नो लगानी बढाउने पनि बताए । गुठीले आफ्नो लगानीबाहेक ४ करोड २३ लाख रुपैयाँ विभिन्न बैंकमा जम्मा गरेको समेत जानकारी दिएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक ५ गते शुक्रबार ०१:१२
प्रतिक्रिया दिनुहोस्