बुर्तिबाङमा कोजाग्रत पुर्णिमा मेला जारीः आजबाट पुरुष महिला भलिवलको सेमिफाईनल खेल हुने

बुर्तिबाङमा कोजाग्रत पुर्णिमा मेला जारीः आजबाट पुरुष महिला भलिवलको सेमिफाईनल खेल हुने
२०७८ कार्तिक ८ गते सोमबार ०७:५२

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिताको जारी रहेको छ । बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन मेयर...

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिताको जारी रहेको छ ।

बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता अन्तरगत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । कार्यक्रम अन्तरगत खुल्ला एकल नृत्य, पन्चेबाजा,सरायँनाच प्रर्दशन, सोलोबाईक रेस प्रतियोथिता सम्पन्र्न भैसकेको छ ।

बिहिबार बाट सुरु भएको पुरुष भलिवल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो । जसअनुसार आईतबार भएको म्याचमा. गलकोट नगरपालिका ए र निसीखोला सी बिचको खेलमा गलकोट नगरपालिका ए,ढोरपाटन ए र ढोरपाटन सी बिचको खेलमा ढोरपाटन ए,गलकोट बि र निसीखोला बि बिचको खेलमा गलकोट बि, निसीखोला ए र बडिगाड गाउँपालिका बिच भएको खेलमा निसीखोला ए सेमिपलाईनल पुगेका छन् ।

यस्तै भोली आज बिहान ८ बजेबाट हुने महिला तर्फको सेमिफाईनल खेलमा तमानखोला ए र ढोरपाटन बि र बिहान १० बजेबाट तमानखोला बि र ढोरपाटन ए बिचको खेल हुने जनाईएको छ ।

यसैगरी पुरुष तर्फको सेमिफाईनल खेल गलकोेट नगरपालिका ए र ढोरपाटन ए बिच १२ बजेबाट हुनेछ । दिउँसो २ बजेबाट गलकोट बि र निसीखोला ए बिचको खेल हुनेछ । सोमबार आज नै खुल्ला सामुहिक नित्य प्रतियोगिता सञ्चालन गरिने जनाईएको छ । हरेक दिनको साझँ विभिन्न कलाकारको प्रस्तुति सगैँ सास्कृतिक कार्यक्रम हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक ८ गते सोमबार ०७:५२
प्रतिक्रिया दिनुहोस्