कोजाग्रत पुर्णिमा मेला जारी,पुरुष भलिवलको उपाधी यस वर्ष पनि गलकोट नगरपालिका लाई

कोजाग्रत पुर्णिमा मेला जारी,पुरुष भलिवलको उपाधी यस वर्ष पनि गलकोट नगरपालिका लाई
२०७८ कार्तिक १० गते बुधबार ०७:४२

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता आज पनि जारी रहेको छ । बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन...

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता आज पनि जारी रहेको छ ।

बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता अन्तरगत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । आज भएको पुरुष तर्फको फाईनल खेलमा गलकोट नगरपालिका प्रथम भएको छ भने आयोजक ढोरपाटन नगरपालिका द्धितिय भएको छ ।

पहिलो र तेस्रो म्याजमा गलकोटले जित हासिल गरेको थियो भने दोस्रो र थौथो म्याच आयोजक ढोरपाटन नगरपालिकाले जित हासिल गरेको थियो । पाचैँ म्याचमा गलकोटले १४ विरुद्ध १६ नम्बर सगैँ यस वर्षको उपाधि पनि गलकोट नगरपालिकाले हात पार्न सफल भएको थियो । गत वर्षको उपाधी पनि गलकोट नगरपालिकाले हात पारेको थियो ।

यस्तै गरि महिला तर्फको फाईनल खेलमा तमानखोला ए ले तमानखोला बि लाई पराजित गदैँ जित हासिल गरेको छ । तमानखोला ए ले तमाखोला बि लाई सोझो ३ सेटमा पराजित गर्दै यस वर्षको उपाधी हात पार्न सफल भएको हो । अन्य सबै कार्यक्रमहरु सकिएको र दोहोरी गीत प्रतियोगिता र पुरस्कार वितरण भोली हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक १० गते बुधबार ०७:४२
प्रतिक्रिया दिनुहोस्