भुपु मायाले बिर्सिन थाले पछि गायक कृष्ण अखेली तनाबमा (भिडियो सहित)

भुपु मायाले बिर्सिन थाले पछि गायक कृष्ण अखेली तनाबमा (भिडियो सहित)
२०७८ पुस ९ गते शुक्रबार ०२:२८

केपि कुमार जलन,बागलुङ मोफसलमा रहेर नेपाली गीत संगितमा एक पछि अर्को गित सार्वजानिक गर्ने मध्येका एक हुन गायक कृष्ण अखेली । पछिल्लो समय निरन्तर गीत बजारमा पस्केका गायक अखेलीको भिर्नी झोलाले अपार सफलता पाएपछि उनको चर्चा चुलिएको छ...

केपि कुमार जलन,बागलुङ

मोफसलमा रहेर नेपाली गीत संगितमा एक पछि अर्को गित सार्वजानिक गर्ने मध्येका एक हुन गायक कृष्ण अखेली । पछिल्लो समय निरन्तर गीत बजारमा पस्केका गायक अखेलीको भिर्नी झोलाले अपार सफलता पाएपछि उनको चर्चा चुलिएको छ ।

मेला महोत्सब गायन संगै कार्यक्रम संचालनमा उनको माग बढने गर्छ । यसो त लामो समयको मेहनत संघर्ष पछि उनको संगितमा आएको परिवर्तनले छुट्टै पहिचान बनाएको छ । गायक अखेली र नबोदित गायिका वर्षा श्रेष्ठको भर्खरै बजारमा आएको गीत कि बिर्सिन लाउर बोलको गितले आम दर्शकको माया पाउनेमा सम्पुर्ण टिम आशावादी रहेका छन् ।

सर्जक शिव अखेलीको शब्द ईश्वर सिङको लयमा गायक अखेली र वर्षा श्रेष्ठको आवज जुनु गुरूङ र बिजय पुनको अभिनयमा गितको भिडियोको निर्देशन काजिश श्रेष्ठ दुर्गा पौडेलको छाँयाङकन रहेको छ । नबि घर्ती मगरको सम्पादनमा रहेको भिडियो कृष्ण अखेली युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

गीत

प्रकाशित मिति २०७८ पुस ९ गते शुक्रबार ०२:२८
प्रतिक्रिया दिनुहोस्