म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता : तीन जना अलपत्र

म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता : तीन जना अलपत्र
२०७८ पुस १५ गते बिहिबार १२:५८

म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर–१ मा हिउँमा परि एक जना बेपत्ता भएका छन् । अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् । धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता...

म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर–१ मा हिउँमा परि एक जना बेपत्ता भएका छन् । अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् ।

धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको हो। रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । बेपत्ताको खोजी तथा अलपत्र परेकाहरुको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न लागिएकाे पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति २०७८ पुस १५ गते बिहिबार १२:५८
प्रतिक्रिया दिनुहोस्