माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक (तालिकासहित)

माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक (तालिकासहित)
२०७८ माघ २७ गते बिहिबार ११:४४

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा...

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

हेर्नुहोस् परीक्षा तालिका

प्रकाशित मिति २०७८ माघ २७ गते बिहिबार ११:४४
प्रतिक्रिया दिनुहोस्