एमसीसी संसदमा टेबल गर्न गठबन्धन सहमत, आजै टेबल हुने

एमसीसी संसदमा टेबल गर्न गठबन्धन सहमत, आजै टेबल हुने
२०७८ फाल्गुण ८ गते आईतबार ११:४१

सत्तारुढ पाँच दलीय गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सहमति गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर...

सत्तारुढ पाँच दलीय गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सहमति गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। आज बसेको गबन्धनको बैठकपछि पत्रकारसँग कुरागर्दै कार्कीले भने ‘गठबन्धनमा सहमति भएको छ। आज संसद्‌मा एमसीसी टेबल हुन्छ।’

एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले यस विषयमा संसद्मै छलफल गर्न उपयुक्त हुने निश्कर्ष निकालेका हुन्। आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

कार्यव्यवस्था परामर्श समितिको एमसीसी सम्झौतलाई प्रतिनिधि सभामा टेबल गर्ने कार्यसूची तय गर्ने भएको छ।

प्रकाशित मिति २०७८ फाल्गुण ८ गते आईतबार ११:४१
प्रतिक्रिया दिनुहोस्