बागलुङको गलकोटले जित्यो भलिबल प्रतियोगिताको उपाधी,प्रथम पुरस्कार५ लाख ५५ हजार

बागलुङको गलकोटले जित्यो भलिबल प्रतियोगिताको उपाधी,प्रथम पुरस्कार५ लाख ५५ हजार

विशाल बि क

@समय नेपाल

२०७८ चैत ७ गते सोमबार ०५:००

गलकोट- प्रथम पाथिभरा याङवरक गाउँपालिकाको उपाधी गलकोट नगरपालिकाले जितेको छ ।  याङवरक गाउँपालिका ताप्लेजुङमा सञ्चालन भएको खुल्ला अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले उचालेको हो  । आज सम्पन्न भएको फाइनल...

गलकोट- प्रथम पाथिभरा याङवरक गाउँपालिकाको उपाधी गलकोट नगरपालिकाले जितेको छ ।  याङवरक गाउँपालिका ताप्लेजुङमा सञ्चालन भएको खुल्ला अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले उचालेको हो  ।

आज सम्पन्न भएको फाइनल खेलमा गलकोट नगरपालिकाले सिदिङ्वा गाउँपालिकालाई ३–१को सेटमा पराजित गर्दै उपाधी विजेता बनेको हो ।

उपाधीको लागि गलकोट नगरपालिका र सिदिङ्वा गाउँपालिका विच भएको खेलमा गलकोट नगरपालिकाले दास्रो, तेस्रो र चौथो सेटमा क्रमश  २५–०८, २५–२० र २५–२० .को सेटमा जित निकाल्दै विजयी भएको हो ।  सिदिङ्वा गाउँपालिकाले पहिलो सेटमा २७–२५ मा जित निकाले पनि अन्य सेटमा जित निकाल्न नसक्दा उपबिजेता बनेको हो ।

त्यस्तै तृतीय स्थानको लागि सभापोखरी गाउँपालिका सङ्खुवासभा र याङवरक गाउँपालिका ताप्लेजुङ विच भएको खेलमा सभापोखरी गाउँपालिका सङ्खुवासभाले याङवरक गाउँपालिका ताप्लेजुङलाई पराजित गर्दै तृतीय भएको छ ।

भलिबल प्रतियोगितामा प्रथम हुने समुहले रु.५ लाख ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुने समुहले रु.२ लाख ५० हजार ५ सय  ५५ ट्रफि, मेडल र प्रमाणपत्र र तृतिय हुने  समुहले रु.१ लाख २५  हजार  ५  सय ५५ ट्रफि, मेडल र प्रमाणपत्र,प्राप्त गर्ने छन् ।

प्रकाशित मिति २०७८ चैत ७ गते सोमबार ०५:००
प्रतिक्रिया दिनुहोस्