कक्षा १२ को परीक्षाकाे समय परिवर्तन : बिहान ८ बजेदेखि ११ बजेसम्म हुने

कक्षा १२ को परीक्षाकाे समय परिवर्तन : बिहान ८ बजेदेखि ११ बजेसम्म हुने
२०७९ बैशाख ११ गते आईतबार ०८:१५

कक्षा १२ को परीक्षाकाे समय परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो । विभिन्न...

कक्षा १२ को परीक्षाकाे समय परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो ।

विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ । कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

अन्तिम अपडेट: बैशाख ११, २०७९

प्रकाशित मिति २०७९ बैशाख ११ गते आईतबार ०८:१५
प्रतिक्रिया दिनुहोस्