पोखरा कार्तिक १/पोखरा ड्यामसाइडस्थित होटल स्याण्डी ब्लुममा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले होटलमा जुवातास खेलिरहेका ६ जनालाई १ लाख ८८ हजार ४ सय २६ रुपैयाँसहित सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।पक्राउ पर्नेमा होटलका रेखदेख गर्ने जिम्मेवारी प्राप्त गर्ने स्याङ्जाको गल्याङ नगरपालिका–४ घर भई पोखरा–१७ बस्ने ३८ वर्षीय नविन थापा, स्याङ्जाको पुतलिबजार नगरपालिका–७ स्थायी घर भई पोखरा–१० बस्ने ४० वर्षीय भेष बहादुर गुरुङ छन् ।
अन्य पक्राउ पर्नेमा पोखरा महानगपालिका–१२ बस्ने ४३ वर्षीय शंकर थापा, पोखरा–१७ बस्ने ५३ वर्षीय शावित्री गुरुङ पुन, कास्कीको माछापुच्छ«े गाउँपालिका–२ घर भई पोखरा–७ बस्ने ३९ वर्षीय दुर्गा गुरुङ र पोखरा–१७ बस्ने ४९ वर्षीय आईती गुरुङलाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट जुवा सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।










