साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने

साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने
२०८१ कार्तिक १४ गते बुधबार ०८:१६

पोखरा कार्तिक १४/ सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई हराएर नेपाल...

पोखरा कार्तिक १४/ सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

जारी सातौँ संस्करणमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।
यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजिमा छ ।

प्रकाशित मिति २०८१ कार्तिक १४ गते बुधबार ०८:१६
प्रतिक्रिया दिनुहोस्