भारतको दिल्लीबाट पहिलोपल्ट पोखरामा अन्तर्राष्ट्रिय उडान

भारतको दिल्लीबाट पहिलोपल्ट पोखरामा अन्तर्राष्ट्रिय उडान
२०८१ मङ्सिर १४ गते शुक्रबार ०८:४२

भारतको दिल्लीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान भएको छ । दिल्लीबाट आज जेट एयरको बिमान पोखरा आएको पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् । जहाज साँझ ५ः५० बजे अवतरण गरेको हो...

भारतको दिल्लीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान भएको छ ।

दिल्लीबाट आज जेट एयरको बिमान पोखरा आएको पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् । जहाज साँझ ५ः५० बजे अवतरण गरेको हो ।

पाइभेट सिंगल इन्जिन जेट बिमानमा चालक दल सहित ४ जना पोखरा विमनस्थलमा अवतरण गरेका हुन् । आज पोखरामा मै बसेर भोलि बिहान पोखराबाट बंगलादेशका लागि उडाने छ ।

दुई वर्षको अवधिमा आज सहित ९ वटा अन्तर्राष्ट्रिय उडान हुने लागेको हो । आगामी डिसेम्बर २६ मा पनि चिनबाट चार्टर्ड उडान हुने तालिका छ ।

प्रकाशित मिति २०८१ मङ्सिर १४ गते शुक्रबार ०८:४२
प्रतिक्रिया दिनुहोस्