सिजी नेटबाट स्कुटर जित्न सफल भइन लामाचौरकि रितु

सिजी नेटबाट स्कुटर जित्न सफल भइन लामाचौरकि रितु
२०८१ मङ्सिर २१ गते शुक्रबार १०:५६

पोखरा मंसिर २१/ चौधरी ग्रुप अन्तरर्गत रहेको सिजी नेट जडान मर्फात पोखरा लामाचौरकि रितु गुरुङले स्कुटर जित्न सफल भएकी छन् । गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन ।उक्त स्कुटरको...

पोखरा मंसिर २१/ चौधरी ग्रुप अन्तरर्गत रहेको सिजी नेट जडान मर्फात पोखरा लामाचौरकि रितु गुरुङले स्कुटर जित्न सफल भएकी छन् । गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन ।उक्त स्कुटरको हाल बजार मुल्य २ लाख ६५ हजार रहेको छ ।

शुक्रबार पोखराको अर्चलबोटमा रहेको सिजी प्लाजामा एक कार्यक्रमको आयोजना गरि स्कुटर बिजेता गुरुङलाई सिजीका शेल्स एण्ड मार्केटिङ नेशनल हेड आकेश जैसवालले स्कुटरको चावी हस्तान्तरण गरेका हुन् ।देशै भरिबाट २ महिनाको अवधिमा सिजी नेट जडान गर्ने नयाँ तथा रिन्यु गर्ने ग्राहकहरुबाट लक्की ड्र मार्फत पोखराकी रितु गुरुङ बिजेता बन्न सफल भएको नेशनल हेड जैसवालले बताए ।२ महिनाको उक्त अफरको बिचमा दैनिक,साप्ताहिक,मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे ।

सिजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गते सम्म ‘ल है आयो हातै खालि नरहने अफरको बाहारʹ योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दिपेश सिग्देलले जानकारी दिए ।स्कुटर बिजेता रितु गुरुङले आफुले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् । उनले सिजी नेट जडान पश्चात सहज रुपमा इन्टरनेट सेवा प्राप्त गरेको उल्लेख गरिन् ।

कार्यक्रममा सिजी फुडबाट गण्डकी प्रदेश म्यानेजर सुनिल सुवेदी,सिजी बे्रवरीका गोपाल पुरी,सिजी बेब्रेजका सुमन पोख्रेल,सिजी डिजिटल इन्चार्ज रञ्जिता पहारी लगाएत सिजी ग्रुपका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति २०८१ मङ्सिर २१ गते शुक्रबार १०:५६
प्रतिक्रिया दिनुहोस्