पोखरा २२ मंसिर/ पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाको आर्थिक सहयोगमा शुक्रबार पहिलो दिन ११ जना मानसिक स्वास्थ्य समस्या अनुभव गरेका व्यक्तिहरुको लागि स्वास्थ्य बिमा गरिएको छ । कोशिश कास्की सस्था मार्फत २० जना मानसिक स्वास्थ्य समस्या अनुभव गरेका ब्यक्ति र परिवारका सदस्यले प्रत्यक्ष लाभ हुने गरि शुक्रबार पहिलो दिन पोखरा वडा न.७ मा ११ जानको स्वास्थ्य बिमा गरिएको हो ।
कोशिश सस्थाको सहकार्य पोखरा महानगर पालिकाको आर्थिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम गरिएको हो । नेपालका हरेक नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको हो उल्लेख छ ।यस कार्यक्रमले व्यक्तिको स्वास्थ्यमा जुनसुकै बेला आइपर्ने समस्या र यसको उपचारबाट कोही पनि नागरिक वञ्चित हुनुहुँदैन भन्ने उदेश्यले लागु गरिएको कार्यक्रम हो । सबै नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज तरिकाले प्रदान गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य बताइएको छ ।
कोशिश सस्थाले बिगत केहि वर्ष देखि पोखरा महानगरपालिका संग नियमित समन्वय र सहकार्य मार्फत मानसिक वा मनोसामाजिक अपांगताको क्षेत्रमा निरन्तर पैरवी गर्दै बजेट विनियोजन गर्दै आइरहेको छ ।सोहि बजेट कार्यावन्यन गर्नको लागि मानसिक वा मनोसामाजिक समस्या अनुभव गरेका व्यक्ति मार्फत खोलिएको सस्था कोशिश कास्की मार्फत गत वर्ष पो.म.न.पा ले मनोसामाजिक अपाङ्गता लक्षित् कार्यक्रम अभिभावक समेतलाई रातो किताब तथा बार्षिक बिकास कार्यक्रममा बजेट विनियोजन गरि कार्यावन्यन समेत गर्दै आइरहेको छ ।
त्यसै गरि आ.व.०८१÷०८२ मा १ लाख बजेट विनियोजन गरेकोले सोहि बजेट कार्यावन्यन गर्नको लागि कोशिश सस्थाले कोशिश कास्कीलाइ पोखरा महानगर पालिका संगको नियमित समन्वय र सहकार्य गराईएको हो ।गएको मंसिर ५ गते पो.म.न.पा र कोशिश कास्की बीच कार्यक्रम सम्पन्न गर्नको लागि दुइ तर्फी सम्झौता गरिएको थियो। स्वास्थ्य बिमा कर्ता जानुका थापा मार्फत स्वास्थ्य बिमा गरिएको हो । बाकि रकमले फेरी पुनः स्वास्थ्य बिमा कार्यक्रम संगै अन्य कार्यक्रम गर्ने तयारि रहेको छ कोशिश संस्थाका सामुदायिक अभियान कर्ता युमाया थापाले जानकारी दिनुभयो ।











