शेर कप बास्केट बल प्रतियोगितमा ३/३ समुह प्रथम

शेर कप बास्केट बल प्रतियोगितमा ३/३ समुह प्रथम
२०८१ पुस १३ गते शनिवार ०९:११

पोखरा । पोखरा महानगरपालिका वडा नंं २९, ३० र ३२ को स्थित सुर्यमुखि तमु समाजको महान पर्व ल्होसुारको पावन अवसरमा आयोजित अन्तर समुह वास्केट बल (शेर कप) प्रतियोगितामा समुह ३÷३ उपाधि उचालेको छ । आज भएको फाइनल खेलमा पुरुष समुह ३ र ४ को खेलमा...

पोखरा । पोखरा महानगरपालिका वडा नंं २९, ३० र ३२ को स्थित सुर्यमुखि तमु समाजको महान पर्व ल्होसुारको पावन अवसरमा आयोजित अन्तर समुह वास्केट बल (शेर कप) प्रतियोगितामा समुह ३÷३ उपाधि उचालेको छ ।

आज भएको फाइनल खेलमा पुरुष समुह ३ र ४ को खेलमा समुह ३ ले १६ अंकका विरुद्ध ३१ अंक लिएर समुह ३ प्रथम स्थान हासिल गर्न सफल भएको हो यसैगरी महिला तर्फ समुह ३ र ४ को खेलमा समुह ३ ले ०४ का विरुद्ध ११ र्अक लिएर प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।

तमुहरुको महान पर्व ल्होसारको पावन अवसरमा पारी सप्री ( सर्प) वर्ग आगमन र गिद्ध ( मुप्री) वर्गको विदाइ को पावन अवसरमा अन्तर समुह वास्केट बल २०८१ को ‘स्वास्थ्य नै धन हो‘ र एकतामा नै बल छ भन्ने उद्देश्यका साथ सुर्यमुखी तमु समाजको आयोजनमा अन्तर समुह बास्केट बल प्रतियेगित भएको हो ।

गत पौस ११ गतेबाट भएको प्रतियोगिताको फाइनल खेल आज भएको हो ।

शेर कप २०८१ का संयोजक एवं समाज सेवी शेरवहादुर गुरुङ्गले खेलाडीलाई बल हस्तान्तरण गर्दे फाइनल खेल शुरु भएको हो , खेलाडीहरुलाई खेल क्षेत्रमा विकसित गराउने तथा लोप हुदै भएको तमु ल्होसास पर्व र वास्केटबल लाई वचाई राख्न र एकता मा नै बल सँग सँगै शारिरिक फिट गराउने र खेलाडीहरुमा प्रतेसाहन गर्ने उ२ेश्यले प्रतियोगितको आयोजना गरिएको सुर्यमुखि तमु समाजका अध्यक्ष दल बहादुर गुरुङ्गले बताउनु भयो ।

आज भएको फाईनल खेलमा समुह ४ का पुजन गुरुङ्ग सबैभन्दा उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् भने महिला तर्फ गुप्र नं ३ कि कविता गुरुङ्ग उत्कृट खेलाडी बन्न सफल भइन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडिलाई ट्रफि प्रदान पौष १४ गते पोखरा ३० को सुर्यमुखि तमु समाजको भवनमा विजेतालाई ट्रफि ,मेडल र प्रमाणपत्रले साम्मान गरिने जानकारी शेर कपका संरक्षक एवं प्रवद्र्धक शेरवहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

प्रशिक्षकहरु मन्दीप पुन, वादल थापा, किरन पुन, अभिन गुरुङ्ग र रोजीन मगर रहनु भएको थियो भने प्रतियोगिता ब्यबस्थापनमा अतिरिक्त विभाग संयोजक संंस्थाका उपाध्यक्ष क्या. देववहादुर गुरुङ्ग रहनुभएको थियो ।

राष्ट्रिय पुरस्कार सम्मान व्यकतित्व एवं नेपाल राष्ट्रिय भु.पु. शैनिक तथा प्रहरी संगठनका केन्द्रिय सदस्य, समाज सेवी लायन्स क्लवका बाख्रा पैचो कार्यक्रमका संयोजक, लेखनाथ उद्योग वाणिज्य संघका आदवासी उप समिति संयोजक, भेष भुषा र्याली भाकीका संयोजक, रेडक्रमका सदस्य, चिसापानी एकता समाजका प्रमुख संरक्षक, लेखनाथ पेलुसंघका प्रमुख संयोजक, राष्ट्रिय लोक दोहोरीका अक्षयकोष दाता एवं सल्लाहकार, जिल्ला सल्लाहकार लेखनाथ समामुदायीक प्रहरी सेवाका पुर्व अध्यक्ष ,पोखरा महानगरपालिका वडा नं. ३० पावर हाउस निवासी एवं हाल वेलाएत निवासी इएक्स ६ जि आर नायक शेरवहादुर गुरुङ्गले विक्रम संवत २०६२ सालमा स्थापना भएको बास्केट बल प्रतियोगिता शेरकप हाल सम्म सन्चालित रहेको छ ।

प्रकाशित मिति २०८१ पुस १३ गते शनिवार ०९:११
प्रतिक्रिया दिनुहोस्