ए हजुर सुन्नुस त एक कुरा भनु हजुरलाई ??
एक ८० बर्षकी पत्नीले आफ्नो ८४ बर्षिय पतिलाई सोध्छिन् पति पत्नीको छेउमा आएर भन्छन् भन पत्नी भावुक भएर भन्छिन् । याद छ हजुरलाई हाम्रो बिहे भन्दा अगाडी आफ्नो आमालाई लुकेर एक पत्र लेख्नु भएको थियो, जसमा हजुरले रिसले म सँग बिहे नगर्ने भनेर लेख्नु भएको थियो किन कि हजुरलाई मेरो मुख राम्रो लागेन भन्नु भएको थियो ।पत्नीको कुरा सुनेर पति आश्चर्य मान्दै पत्नीलाई सोधेँ त्यो पत्र कहाँ पायौं तिमीले? यो त पुरानो कुरा हो ! तब पत्नी आँखा भरी आँसु लिदै हिजो मैले बाकसमा लुगा मिलाउँदा यो पत्र भेटेको थिएँ ।
मलाई थाहा थिएन हजुरलाई कर लगाएर बिहे गर्दिनु भएको रहेछ मलाई थाहा भएको भए म आफैँ यो बिहे गर्ने थिइन । पतिले आफ्नो शिर सोफामा राख्दै भने अरे पागल ! त्यो बेला मेरो उमेर १२ बर्षको थियो तिमी बिहे गरेर आए पछि मेरो हरेक चिज खेलौना किताबहरू खुत्रुकेको पैसा लिन्छौं भनेर पो हो त !!
मलाई के थाहा तिमी आएर मेरो जिन्दगी नै बन्छ भन्ने कुरा ? मलाई के था? यति राम्रो घर सुख शान्ति यति प्यारो सन्तान हुन्छ भनेर ? खुत्रुक्केको पैसाको ठाउँमा यति धेरै प्रेम पाउछु भनेर के थाहा? भन त ! बोल अरु केही सोध्नु छ ? तब पत्नी भन्छिन् हे भगवान मैले सोचेकी थिएँ हजुर त्यो छिमेकी महिला सँग प्रेम गर्नुहुन्छ भनेर ! पति हाँस्दै भन्छन् त्यो भन्दा तिमी नै राम्री र असल राजकुमारी हौ म किन अरुलाई आँखा लाउनु यति भन्दै दुबै जना हाँस्न थाले । शायद यहि नै होला असली जीवन सबै बुवा आमाको पनि यस्तै जीवन भए वृद्ध आश्रममा जानुपर्ने थिएन होला !!!









