पोखरामा एमेच्योर फुटसल प्रतियोगिता हुने

पोखरामा एमेच्योर फुटसल प्रतियोगिता हुने
२०८१ पुस २४ गते बुधबार १०:०९

पोखरा पुस २४/ पोखरामा एमेच्योर फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । भिन्तुना युवा क्लब पोखराको आयोजना प्रथम एमेच्योर फुटसल प्रतियोगिता हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । यहि पुस २६ र...

पोखरा पुस २४/ पोखरामा एमेच्योर फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । भिन्तुना युवा क्लब पोखराको आयोजना प्रथम एमेच्योर फुटसल प्रतियोगिता हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
यहि पुस २६ र २७ गते सञ्चालन हुने प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १सय ११, उपिवजेता हुने टोलीले ५५ हजार ५सय ५५ नगद सहित ट्रफी, मेडल,प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक अनिरुद्र उदासले बताए ।

यस्तै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर,सर्वाधिक गोलकर्ता,फेयर प्ले टिमले समान ५ हजार प्राप्त गर्ने छन । प्रतियोगिताको सेमिफाईनल र फाईनलमा म्यान अफ दि म्याचलाई नगद १ हजार र ट्रफी प्रदान गरिने संयोजक उदासले उल्लेख गरे । पोखराको गैह्रापाटनमा रहेको स्पोर्टस क्यासलमा सञ्चालन हुने प्रतियोगितामा दर्ता शुल्क ६ हजार तोकिएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैँया लाग्ने र २५ टिमको सहभागिता हुने संयोजक उदासले खुलाए ।

वि.सं २०५९ सालमा स्थापित भएको भिन्तुना युवा क्लबले स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दे आई रहेको र यस प्रतियोगिताबाट बचत भएको रकम पनि सामाजिक कार्यमा नै खर्चिने क्लबका अध्यक्ष मनोज शिल्पकारले बताए ।
खेलको माध्यमबाट युवाहरुलाई संगठित गरि भाईचाराको विकास गर्नको लागि पनि फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका स्वास्थ्य एंव आर्थिक संयोजक राजन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार १०:०९
प्रतिक्रिया दिनुहोस्