१६ वर्षपछि रियल म्याड्रिड छाड्दै रामोस

१६ वर्षपछि रियल म्याड्रिड छाड्दै रामोस
२०७८ असार ३ गते बिहिबार ०७:३८

स्पेनिस डिफेन्डर सर्जियो रामोसले रियल म्याड्रिड छाड्ने भएका छन्। स्पेनिस महारथी क्लब रियलले कप्तान रामोसका लागि विदाई पत्रकार सम्मेलनको घोषणा गरेसँगै रामोसले क्लब छाड्ने पक्का भएको हो। ३५ वर्षीय रामोसले रियलबाट पाँच ला लिगा...

स्पेनिस डिफेन्डर सर्जियो रामोसले रियल म्याड्रिड छाड्ने भएका छन्।

स्पेनिस महारथी क्लब रियलले कप्तान रामोसका लागि विदाई पत्रकार सम्मेलनको घोषणा गरेसँगै रामोसले क्लब छाड्ने पक्का भएको हो।

३५ वर्षीय रामोसले रियलबाट पाँच ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जिते। उनी सन् २००५ मा सेभियाबाट रियलमा आबद्ध भएका थिए।

सेन्टर ब्याक रामोसले रियलबाट ६७१ खेल खेल्दा १०१ गोल गरेका थिए। रामोस र रियलबीचको सम्झौता यहि जुनको अन्त्यबाट सकिँदैछ।

सन् २०१६ देखि २०१८ सम्ममा रियलले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा रामोसले टिमको कप्तानी गरेका थिए।

प्रकाशित मिति २०७८ असार ३ गते बिहिबार ०७:३८
प्रतिक्रिया दिनुहोस्