अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सचिव पदमा छात्रातर्फ धादिङकी रिता ढुंगानाको उम्मेद्वारी

अनेरास्ववियू क्रान्तिकारीको  केन्द्रीय सचिव पदमा छात्रातर्फ धादिङकी रिता  ढुंगानाको उम्मेद्वारी
२०८१ माघ १० गते बिहिबार १०:१६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सचिव (छात्रा ) मा धादिङकी रिता ढुंगाना ले मनोनयन दर्ता गराउदै अत्याधिक मत सहित बिजयी गराउन प्रतिनिधि हरु लाई आग्रह गरेकी छन्...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सचिव (छात्रा ) मा धादिङकी रिता ढुंगाना ले मनोनयन दर्ता गराउदै अत्याधिक मत सहित बिजयी गराउन प्रतिनिधि हरु लाई आग्रह गरेकी छन् ।

छात्रा तर्फ केन्द्रीय सचिवमा उम्मेदवारी दिएकी रिता ढुंगाना इकाई समिती हुँदै पद्मकन्या क्याम्पसमा स्ववियु सदस्य देखि संगठन को केन्द्रिय समितिमा समेत रहेर काम गरिसकेको हुँदा बिद्यार्थी हरु बिच निकै नै लोकप्रिय समेत मानिन्छिन ।

सानैदेखि मिलनसार स्वभाव र पढाईमा अब्बल रिता सामाजिक कार्य गर्ने परोपकारी मन भएकी उनले आफ्नो औपचारिक शिक्षा धादिङ बाट पुरा गरिन । त्यसपछि उनले समाजकार्य विषयमा स्नातक तह र ग्रामीण बिकाश मा स्नातकोत्तर गरिरहेकी छिन् ।

यस्ता छन् रीताको प्रतिवद्धताहरू :
आम्दानीसँग जोडिएको सिपमुलक शिक्षाको लागि नेपाललाई विश्वको शैक्षिक हब्ब निर्माण गर्न, त्रिभुवन विश्वविद्यालयलाई अनुसन्धान, अन्वेषण र ईन्कुभेसन सेन्टर निर्माण गर्न, सबै संकायका विद्यार्थीहरुलाई अनिवार्य रुपमा प्रयोगात्मक शिक्षाको परिवर्तन गर्न, विद्यार्थीहरु लाई पार्टीमा आकर्षण गर्न, विद्यार्थीहरुको ज्ञान, सीप र क्षमताको मुल्यांकन गरि पार्टीको दुतको रुपमा स्थानीय वडा तथा स्थानीय तहमा भोलिन्टर काम गर्न परिचालन गर्न सबै सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा रचनात्मक क्रियाकलाप मार्फत संगठन निर्माण गर्न, कम्तीमा ५ लाख नयाँ युवालाई संगठनको सदस्य वितरण गर्न,भर लाग्दो आस लाग्दो जुझारु संगठन निर्माण गर्न,आफुले लामो समयदेखि संगठनमा ईमान्दारिताका साथ संगठनको जिम्मेवारी पुरा गरेको र सम्पुर्ण प्रतिनिधिहरुले आफुलाई अत्याधिक बहुमतले बिजयी गराउने दाबी रीता ले गरेकी छिन् ।

प्रकाशित मिति २०८१ माघ १० गते बिहिबार १०:१६
प्रतिक्रिया दिनुहोस्