कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय गलत छ : किरण बराल

कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय गलत छ : किरण बराल
२०८१ चैत १० गते सोमबार ११:०८

सरकारले आज मात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । सरकारको उक्त निर्णय आएपछि यति बेला सामाजिक संजालमा यस विषयमा चर्चा उचालिएको छ । सरकारको राम्रो कामलाई समर्थन गर्ने र गलत...

सरकारले आज मात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णय आएपछि यति बेला सामाजिक संजालमा यस विषयमा चर्चा उचालिएको छ । सरकारको राम्रो कामलाई समर्थन गर्ने र गलत कामलाई गलत नै भयो भनेर आवाज निकाल्दै आएका पोखरा १३ का वडा अध्यक्ष किरण बरालले यस विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

जनतामा चरम निराशा र असन्तुष्टि देखिएको बेला दुइतिहाईको सरकारले जनतामा लोकप्रिय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको बताउदै बरालले सामाजिक संजाल मार्फत आफ्नै केन्द्र सरकारको गलत निर्णयको विरोध जनाएका छन् ।

‘व्यवस्थामाथी प्रश्न उठिरहेको समयमा जनताको अवस्था सुधार गर्नुपर्ने काम सरकारले गर्नुपर्ने हो तर, जनअपेक्षा विपरित काम गरेर सरकार स्वयंले असन्तुष्टि बढाउने काम गर्नु हुँदैन’ भन्दै बरालले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

पोखरा महानगरपालिकामा हुने गलत कार्यको विरोध गर्दै बिकास र जनताको पक्षमा आवाज उठाउदै आएका अध्यक्ष बारालले कुलामानलाई उनको पदावधि सम्म काम गर्न दिनुपर्ने बताएका छन् ।

पोखरा महानगरपालिका भित्रको धेरै विषयमा भण्डाफोर गर्दै कार्यपालिकामा समेत पोखराको बिकासको लागि आवाज उठाउदै आएका बरालले बिभिन्न समयमा केन्द्र सरकारमा रहेका केन्द्रिय नेताहरुलाई पनि सकारात्मक सल्लाह सुझाव दिदै आएका छन् ।

प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ११:०८
प्रतिक्रिया दिनुहोस्