तमु धिं यूकेका पदाधिकारीलाई स्वागत तथा पोखरा रङ्गशालामा वृक्षरोपण कार्यक्रम

तमु धिं यूकेका पदाधिकारीलाई स्वागत तथा पोखरा रङ्गशालामा वृक्षरोपण कार्यक्रम
२०८३ असोज १२ गते सोमबार ०५:१९

पोखरा,असोज १२/ नेपाल भूतपूर्व खेलाडी मञ्च र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त आयोजनामा तमु धिं यूकेका पदाधिकारीलाई स्वागत तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सोमवार पोखरा रङ्गशालामा आयोजना गरिएको एक कार्यक्रमका...

पोखरा,असोज १२/ नेपाल भूतपूर्व खेलाडी मञ्च र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त आयोजनामा तमु धिं यूकेका पदाधिकारीलाई स्वागत तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सोमवार पोखरा रङ्गशालामा आयोजना गरिएको एक कार्यक्रमका बिच नेपाल भूतपूर्व खेलाडी मञ्च र जिल्ला खेलकुद विकास समिति कास्कीले संयुक्त रुपमा स्वागत गरेका हुन् । तमु धिं यूकेका पदाधिकारीहरुलाई दुवै संस्थाले रङ्गशाला संरक्षणमा पुराएको योगदानको आधारमा सम्मान गरिएको मञ्चका सचिव महेश पौडेलले बताए । सोहि अवसर पारेर रङ्गशालामा तमु धिं यूकेका पदाधिकारीहरुले बृक्षरोपण गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले खेलकुदसँगै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।उनले विदेशमा रहेर पनि नेपाली खेलकुद, समाज र वातावरण संरक्षणका क्षेत्रमा योगदान पु¥याउँदै आएका तमु धिं यूकेका पदाधिकारीलाई पोखरामा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्ष एवं नेसनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले तत्कालीन द्वन्द्वको समयमा पोखरा रङ्गशाला संरक्षणमा तमु धिं यूकेको भूमिका महत्वपूर्ण रहेको बताए।उनले त्यसबेला तमु धिं यूकेले रङ्गशाला संरक्षणका लागि खेलेको भूमिका नभएको भए आजको अवस्थामा पोखरा रङ्गशाला अस्तित्वमै रहने अवस्था नरहने बताए। गुरुङले रङ्गशाला संरक्षणमा तमु धिं यूकेको योगदानलाई खेलकुद क्षेत्रले सदैव स्मरण गर्नुपर्ने उल्लेख गरे।

तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले तत्कालीन द्वन्द्वका बेला पोखरा रङ्गशालाको संरक्षण र सुरक्षामा तमुधिं यूकेले सक्रिय भूमिका खेलेको बताएका छन्। उनले रङ्गशाला जोगाउन संस्थाले गरेको सहयोग महत्वपूर्ण रहेको बताए।जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले पोखरा रङ्गशालालाई ‘ग्रिन एन्ड क्लिन’ रङ्गशाला बनाउने अभियानमा तमु धिं यूकेले गरेको वृक्षरोपण कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

कार्यक्रममा तमु धिं यूकेका उपाध्यक्ष कमल गुरुङ,महासचिव डा.विशाल गुरुङ,सचिव विमल गुरुङ,आमा समूह अध्क्षय कमलादेवी गुरुङ,बगरभाई खलका कोषाध्क्षय रमेश कुमार श्रेष्ठ,तमु सांस्कृतिक समुह कास्कीका निर्वतमान अध्यक्ष चिजकाजी गुरुङ, तमु धिं नेपाल कास्कीका निर्वतमान अध्यक्ष हुम बहादुर गुरुङ,मञ्चका प्रथम उपाध्यक्ष खेम गुरुङ द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिना लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव महेश पौडेलले गरेका हुन् ।

oplus_0

oplus_0

oplus_0

oplus_0

प्रकाशित मिति २०८३ असोज १२ गते सोमबार ०५:१९
प्रतिक्रिया दिनुहोस्