माउन्ट अन्नपूर्णमा नेपाली र अंग्रेजी वक्तृत्वकला प्रतियोगिता

माउन्ट अन्नपूर्णमा नेपाली र अंग्रेजी वक्तृत्वकला प्रतियोगिता
२०८३ असोज २२ गते बिहिबार ०१:२९

पोखरा, असोज २२/ पोखरा ३, नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच नेपाली तथा अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। बिहिवार बिद्यालयमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले...

पोखरा, असोज २२/ पोखरा ३, नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच नेपाली तथा अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। बिहिवार बिद्यालयमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले ‘युवाको चाहना र अभिभावकका अपेक्षा’ विषयमा आफ्ना धारणा, विचार तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। प्रतियोगितामा विद्यार्थीहरूले युवाका आकांक्षा, अभिभावकका अपेक्षा तथा पुस्ताबीचको सम्बन्ध लगायतका विषयमा आफ्ना विचार व्यक्त गरेको विद्यालयका प्रधानाध्यापक सइन्द्रराज श्रेष्ठले जानकारी दिए ।

प्रधानाध्यापक श्रेष्ठले विद्यार्थीहरूको वक्तृत्व क्षमता, आत्मविश्वास, सिर्जनात्मक सोच तथा आफ्ना विचारलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकाससँगै अध्ययनबाहेकका क्षेत्रमा समेत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे।
अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ ‘ए’ व्यवस्थापनकी जेनिफा गुरुङ प्रथम, कक्षा ११ कम्प्युटर साइन्सकी प्रतिक्षा तामाङ दोस्रो, कक्षा ११ कम्प्युटर साइन्सकी खुसि कुमारी सराफ तेस्रो र कक्षा ११ ‘ए’ की राइसा खातुनले सान्त्वना स्थान हासिल गरिन् ।

त्यस्तै, नेपाली वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ कम्प्युटर साइन्सका निशान तिलिजा प्रथम, कक्षा १२ ‘ए’ व्यवस्थापनकी श्रीया परियार दोस्रो, कक्षा ११ ‘बी’ होटल म्यानेजमेन्टकी अनिस्मा नेपाली तेस्रो तथा कक्षा १२ ‘बी’ होटल म्यानेजमेन्टका पंकज श्रीरिसले सान्त्वना स्थान प्राप्त गरे।
नेपाली वक्तृत्वकला प्रतियोगिताका निर्णायकमा नेपाली विभाग प्रमुख दण्डपाणि सुवेदी र दुर्गादत्त सुवेदी रहेका थिए। अंग्रेजी वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा अंग्रेजी विभाग प्रमुख अनिल पराजुली र कृष्ण लम्साल रहेका थिए। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक श्रेष्ठ, प्रशासक चित्र गुरुङ तथा शैक्षिक संयोजक गोविन्द सुवेदीले प्रमाणपत्र तथा पदक वितरण गरेका थिए।

प्रकाशित मिति २०८३ असोज २२ गते बिहिबार ०१:२९
प्रतिक्रिया दिनुहोस्