पोखरा चैत/ पोखरा ३ तेर्सापट्र्टीमा एभरग्रीन एकेडेमी सञ्चालनमा आउने भएको छ । पोखराकै पालिखेचोकमा चलिरहेको प्रतिभा माविकै सञ्चालक संस्था प्रतिभा एजुकेसन फाउन्डेसनले एकेडेमी स्थापना गरी सञ्चालनमा ल्याउन लागेको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
आउँदो शैक्षिक सत्रदेखि नर्सरी देखि कक्षा ५ सम्म बिद्यार्थीले भर्ना हुने पाउने छन् भने भर्ना शुल्क १४ हजार तोकिएको निर्देशक किरण सापकोटाले जानकारी दिए ।
संस्थाले विद्यार्थीलाई सिर्जनात्मक, व्यावहारिक तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले बताए । एकेडेमीको मुख्य लक्ष्य विद्यार्थीलाई आधुनिक शिक्षा प्रणालीअनुसार तयार पार्नु रहेको उनको भनाई थियो ।
विद्यालयमा स्मार्ट कक्षा, डिजिटल उपकरण, सूचना प्रविधिको प्रयोग तथा परियोजना आधारित शिक्षण पद्धति अपनाइने निर्देशक सापकोटाले खुलाए ।
५० करोडको लागमा निमार्ण भएको भवनको प्रत्येक कक्षामा २४ जनाका दरले विद्यार्थी भर्ना हुन पाउनेछन् । यस्तै बिद्यार्थी भर्ना गर्दा प्रवेश परिक्षाको ब्यवस्था गरेर भर्ना लिइने एकेडेमीले जनाएको छ ।










