कर्फ्यू लगाएपछि सेना निस्कियो सडकमा, कडा बनाइँदै सुरक्षा

कर्फ्यू लगाएपछि सेना निस्कियो सडकमा, कडा बनाइँदै सुरक्षा
२०८१ चैत १४ गते शुक्रबार ०५:५२

सरकारले राजावादीहरूका कारण तनावग्रस्त काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि तीनकुनेसहितका क्षेत्रमा सरकारले सेना खटाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर...

सरकारले राजावादीहरूका कारण तनावग्रस्त काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ ।

राजावादीको आन्दोलन हिंसात्मक बनेपछि तीनकुनेसहितका क्षेत्रमा सरकारले सेना खटाएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू लगाएको थियो । कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित तीनकुने क्षेत्रमा देखिएको हो ।

स्थानीय प्रशासनले शुक्रवार अपराह्न ४ :२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ ।

राजधानीका केही हिंसाग्रस्त क्षेत्रमा सेना परिचालनको आदेश भएसँगै प्रहरीलाई पनि आगजनी गर्नेमाथि गोली चलाउन अनुमति दिइएको छ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०५:५२
प्रतिक्रिया दिनुहोस्