राजावादी प्रदर्शनमा घाइते भएका २९ वर्षीय महर्जनको मृत्यु

राजावादी प्रदर्शनमा घाइते भएका २९ वर्षीय महर्जनको मृत्यु
२०८१ चैत १४ गते शुक्रबार ०६:२६

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गरेर तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सहभागी काठमाडौंको कीर्तिपुरका...

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गरेर तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सहभागी काठमाडौंको कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जनाएको हो ।

तीनकुनेमा कार्यक्रमको आयोजना गरेर बोलाइएका राजावादी समर्थकका साथमा ‘कमान्डर’ दुर्गा प्रसाईं निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीले बल प्रयोगका क्रममा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो । राजावादीका तर्फबाट प्रहरीमाथि ढुंगामुढा भएको थियो । उनीहरूले निजी घर, सञ्चारगृह र दलको कार्यालयमा आगजनीसमेत गरेका थिए ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०६:२६
प्रतिक्रिया दिनुहोस्