फेरियो पूर्वराजाको सुरक्षा टोली, संख्या पनि घटाइयो

फेरियो पूर्वराजाको सुरक्षा टोली, संख्या पनि घटाइयो
२०८१ चैत १६ गते आईतबार ११:२२

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोलीलाई मध्यरातीदेखी परिवर्तन गरेको छ भने संख्या पनि घटाएको छ। पूर्वराजाको सुरक्षार्थ खटिएको २६ जनाको टोलीलाई शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा परिवर्तन गरेर १६ जनाको...

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोलीलाई मध्यरातीदेखी परिवर्तन गरेको छ भने संख्या पनि घटाएको छ।

पूर्वराजाको सुरक्षार्थ खटिएको २६ जनाको टोलीलाई शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा परिवर्तन गरेर १६ जनाको नयाँ टोली खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

ज्ञानेन्द्र निवासमा डीएसपी जगदीश हमालको कमान्डमा २६ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई फिर्ता बोलाएर ९ नं बाहिनी बलम्बुमा कार्यरत डीएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली खटाइएको हो।

भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना पाउने भए पनि सरकारले यसअघि २६ जना खटाउँदै आएको थियो।

शुक्रबारको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष निकाल्दै सरकारले उनलाई दिएको सुविधामा पुनर्विचार गर्ने क्रममा सुरक्षाकर्मीको टोली परिवर्तन र संख्या घटाउने निर्णय लिएको हो।

प्रकाशित मिति २०८१ चैत १६ गते आईतबार ११:२२
प्रतिक्रिया दिनुहोस्