पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न मानेनन् काठमाडौं महानगरको जरिवाना पत्र, अब हुलाकबाट पठाउने तयारी

पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न मानेनन् काठमाडौं महानगरको जरिवाना पत्र, अब हुलाकबाट पठाउने तयारी
२०८१ चैत १६ गते आईतबार ११:३२

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानासम्बन्धी पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोली निर्मल निवासबाट त्यसै फर्किएको छ। चैत १५ गते काठमाडौँकाे तीनकुनेमा राजावादीले गरेका फोहोर र तोडफोडका प्रमुख योजनाकार पूर्वराजा शाह...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानासम्बन्धी पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोली निर्मल निवासबाट त्यसै फर्किएको छ।

चैत १५ गते काठमाडौँकाे तीनकुनेमा राजावादीले गरेका फोहोर र तोडफोडका प्रमुख योजनाकार पूर्वराजा शाह नै भएको ठहर गर्दै काठमाडौँ महागरपालिकाले झन्डै ८ लाख जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ।

सोहीबारेको पत्र लिएर आइतबार बिहान निर्मल निवास पुगेको काठमाडौँ महानगरपालिकाको टोली ज्ञानेन्द्रले लिन नमानेपछि त्यसै फर्किएको मेयर बालेन्द्र शाह बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

‘उहाँले पत्र बुझ्न मान्नु भएनछ’, उनले भने, ‘अब हुलाकबाट पठाउने तयारी गरिरहेका छौँ।’

प्रकाशित मिति २०८१ चैत १६ गते आईतबार ११:३२
प्रतिक्रिया दिनुहोस्