पोखरा । बिश्वहिन्दु महासंघ नेपाल कास्की सस्कृतिक समुहको तेश्रो साधारण सभा दोश्रो अधिबेसन पोखरा महानगरपालिका वडा न. ५ मनकामना मन्दिरमा सम्पन्न भएको छ ।
बिश्वहिन्दु महासंघ राष्ट्रिय समिति उपाध्यक्ष एबम् गण्डकी प्रदेश मातृशक्ति परिचालन समिति अध्यक्ष पार्वती पौडेलको प्रमुख आथित्यतामा बिश्वहिन्दु महासंघ नेपाल कास्की सस्कृतिक समुहको तेश्रो साधारण सभा दोश्रो अधिबेसन सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै हाम्रो धर्म सस्कार सस्कृति हामी हिन्दुहरुको गौरब हो हाम्रो पहिचान हो भन्दै धर्म सस्कृति माथी भयको निरन्तर प्रहारले धर्मलाई खलबल गर्न अनेकन शक्ति लागेको हिन्दुत्वको साम्राज्य भयको मुलुक मा किमार्थ फरक नपर्ने र धर्म तोडमोड गर्ने आट हिम्मत कसैले नगर्दा हुन्छ भन्दै खबरदारी समेत गर्नुभयो । कास्कीको सस्कृतिक समुहले प्रसंसा गर्न लाएक काम गरेको र जुझारु समितिले नमुना काम गरेकोमा खुलेर प्रशम्सा गर्नुभयो ।

उपस्थित बिशिस्ट अथितिहरुलाई समेत सम्बोधन गर्नुभयो । अन्य उपस्थित बिसिस्ट अथितिहरुमा कास्की कोटी होम संयोजक बिजय कृष्ण मुर्तिमहाराज, बिष्णु बराल, सूर्य प्रसाद आचार्य, डा. ज्योतिष हरिश्चन्द्र भण्डारी अथितिहरुमा जेष्ठ नागरिक नेपालका अध्यक्ष भरत राज श्रेष्ठ, शुक्ला साहित्य प्रतिष्ठान पोखरा १६ बाट दुर्गा देबी बस्नेत, दिपेन्द्र मार्सानी, थानेस्वर पौडेल, बिश्वहिन्दु महासंघ कास्कीका उपाध्यक्ष भिम बहादुर बराल,गणेश बहादुर थापा, सूर्य भक्त सिग्देल, बिश्व हिन्दु युवा संघ गण्डकी प्रदेशका सचिब महेश पौडेल, दैवि शक्ति खोज तथा उपचार केन्द्रका खेमलाल अधिकारी, भक्ति संगीत प्रतिष्ठानका लक्ष्मण मुल्मी लगायतको उपस्थिती थियो ।
उपस्थित विशिष्ठ अथिति लगाएत उपस्थित अथितिहरुले शुभकामना मन्तब्य सहित आ-आफ्नो धारणा राखेका थिए । समिति अध्यक्ष उषा माताको सभापतित्वमा सम्पन्न कार्यक्रम स्वागत मन्तब्य समिति वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद बानियाले राखेका थिएभने कार्यक्रम संचालन समिति सचिब हरीराज कोईरालाले गरेका थिए ।

सम्पन्न दोश्रो अधिबेसनबाट उषा माता को अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति आगमी ३ बर्षे कार्यकालको लागि निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्ष मुन्द्रेमान श्रेष्ठ, उपाध्यक्ष धनीप्रसाद ढकाल, महिला उपाध्यक्ष सीता पोख्रेल, सचिब भेषराज अधिकारी, कोषाध्यक्ष भेषराज आचार्य, सहसचिब नरेश्वोर सापकोटा, सहकोषाध्यक्ष करुणा गुरुङ्ग, सदस्यहरुमा क्रमश रामु गिरी, जमुना पोख्रेल, आत्माराम कोईराला, नारायण प्रसाद ढकाल, रिता बराल, तिजा पाईजा, लक्ष्मी आचार्य, कृष्णकला ढकाल, मालती शर्मा र बिमला घिमिरे चयन भएका छन् ।











